बिर्तामोड । झापाका १५ पालिकामध्ये ५ पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । कमल, गौरीगञ्ज र दमकमा सर्वसम्मत भएको छ भने अर्जुनधारा र भद्रपुरमा निर्वाचन प्रक्रियाबाट नेतृत्व छानिएको छ । बाँकी १० वटा पालिकामध्ये केहिमा सहमति प्रयास जारी छ भने धेरै जसो पालिकामा निर्वाचन हुने देखिएको छ । दमकमा उपाध्यक्ष बाहेक सबै पद्मा…