झापामा फुटबलका सात सयभन्दा बढी व्यावसायिक खेलाडी

अम्बिका भण्डारी झापा । झापा फुटबलको उर्वरभूमि बनेको छ । यहाँ सात सयभन्दा बढी फुटबलका व्यावसायिक खेलाडी रहेको झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले बताउनुहुन्छ । उहाँका अनुसार जिल्लामा वार्षिक रुपमा एउटा अन्तर्राष्ट्रियस्तरको, २५ वटा प्रादेशिकस्तर र दर्जनौँ वडा, टोलस्तरका फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । झापामा विगतमा खसी र भाले पुरस्कार राखेर…