बिर्तामोड । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । आयोजक झापा गोल्डकपले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणबारे जानकारी दिएको हो । बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत खेलाडीले पाउने पुरस्कार यो वर्ष बढाइएको अध्यक्ष विनोद बस्नेतले…