काठमाडौँ, २५ पुसः जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी पाँचलाख भराउने फैसला सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आज उक्त सजाय सुनाएको हो । यही पुस १३ गते ‘गौशाला २६’ लाई बलात्कार गरेको अभियोगमा लामिछानेलाई अदालतले दोषी ठहर गरेको थियो ।…