बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई १०-१० लाख राहत दिने

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । यो निर्णय शनिबार बस्ने मन्त्रिपरिषद बैठकले गर्ने उनले बताए । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा…