झापा । राष्ट्रिय युवा संघ नेपालले झापाको जिल्ला इञ्चार्जमा खगेन्द्रराज आङदेम्वेलाई जिम्मेवारी तोकेको छ । विशेष सर्कुलर गर्दै युवा संघले सबै प्रदेशमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, जिल्ला इञ्चार्ज र विभागको जिम्मेवारी तोकेको हो । त्यसमा झापाबाट आङदेम्वेले इञ्चार्जको जिम्मेवारी पाएका छन् भने स्थायी कमिटी सदस्यहरुमा सागर पोर्तेल, रोजिना पाण्डे,निशा लिम्बु, मिलन कट्टेललाई जिम्मेवारी प्रदान गरिएको छ…