गौरीगञ्जका ४० जना स्वयम्सेविकालाई साइकल वितरण

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयमसेविका दिवसको अवसर पारेर स्वयम्सेविकालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले नीति कार्यक्रममै स्वयम्सेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा बमोजिम ४० जना स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । गाउँपालिकाभित्र कार्यरत सबै स्वयम्सेविकाहरुलाई एक-एक थान साइकल वितरण गरिएको…