बिर्तामोड । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ । उनी कोशी प्रदेश सभा सांसद एवं प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोका स्वकीय सचिवसमेत हुन् । उनीमाथि आक्रण भएको मेन्याङ्बाले पुष्टि गरे । ताप्लेजुङको सदरमुकाममा रहेको बानियाँको आफ्नै निवास अगाडि उनीमाथि खुकुरी प्रहार भएको बताइएको छ । खुकुरी प्रहारबाट उनको…