कोशी तत्काल मध्यावधिमा जाँदैन, गठबन्धनले धकेले एमालेले भारी बहुमत ल्याउँछ : ओली

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अस्थिरता निम्त्याउने काम गठबन्धनबाट भएको टिप्पणी गरेका छन् । प्रदेशमा अहिले मध्यावधिमा जाने अवस्था नभएको उनको भनाइ थियो । गठबन्धन सरकार जनताप्रति उत्तरदायी नभएको र सबै क्षेत्रमा अस्थिरता बढ्दै गएको बताएका हुन् । ‘तत्काल कोशी प्रदेश मध्यावधिमा जान्छ कि भन्ने आशंका भइरहेका छन्’,…