मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशीको स्वास्थ्य जाँच गरेर शिविर…