इण्डो–नेपाल भेट्रान फुटबल : सिलगुढी सेमिफाइनलमा प्रवेश

काँकरभिट्टा । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे क्वाटरफाइनल खेलमा धरान भेट्रान फुटबल क्लब सुनसरलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै मिलन मोर सिलगुढी अन्तिम चारमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा निर्धारित…