मुख्य समाचार

डुब्बाटोलीका बासिन्दा बाढीको उच्च जोखिममा

डुब्बाटोलीका बासिन्दा बाढीको उच्च जोखिममा


झापा । झापा गौरादह नगरपालिका– ५ स्थित चाप्रामारी बजार पश्चिम डुब्बाटोलीका बासिन्दा बाढीको उच्च जोखिम रहेको छ । रतुवा नदीमा पानीको जलस्तर बढेपछि सो क्षेत्रका एक सय परिवार बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

रतुवा नदीको पानी गाउँ छिर्न नदिन त्यस क्षेत्रमा १५० मिटर बाँसको पाइलिङ्ग लगाउनु पर्ने देखिएको बताउँदै सभापति ढकालले भने, ‘तत्काल बाँसको पाइलिङ्ग नलगाए नदीको पानी गाउँ पस्दा त्यहाँका एक सय परिवारका चार जना डुबानमा पर्छ ।’ जनप्रतिनिधि र रेडक्रसकर्मीहरूको टोलीले बिहीबार सो क्षेत्रको स्थलगत अनुगमन गरी बाँसको पाइलिङ्ग लगाउन भनी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र जनताको तटबन्ध कार्यालयलाई ध्यानाकर्षण गराइसकेको उनको भनाई छ । गत वर्ष पनि त्यही क्षेत्रबाट रतुवाको पानी गाउँ प्रवेश गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares