काठमाडौँ - प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिश्चित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छन्। आज यहाँ नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान ग्रहण गर्दै उनले बालबालिकाको अधिकारका लागि विधेयक बन्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “बालबालिकासम्बन्धी कुनै विधेयक बनेको छैन। उनीहरूको अधिकार सुरक्षित र सुनिश्चित हुनुपर्छ।” समारोहमा उपसभामुख रानाले छोरी…