अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

बिर्तामोड । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिएको थियो। गए राति मतगणना गरिएकोमा अध्यक्षमा बडाल विजयी भएको नेता सन्तोष राना क्षेत्रीले जानकारी दिए। बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन्। उनी काभ्रेको रोसी गाउँपालिका ९ का हुन्।…