अनावश्यक हर्न बजाउने ५२ चालक कारबाहीमा

काठमाडौं । अनावश्यक हर्न बनाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो । वि.सं. २०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको थियो । तर, पछिल्लो समय…