काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । खानीमा फसेका उनीहरूको निस्सासिएर मृत्यु भएको हो । शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र छ जना श्रमिकले काम गरिरहेका बेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ । अधिकारीहरूका अनुसार खानीभित्र करिब…