भक्तपुर -अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ। दुई पक्षबीच बिहीबार दिउँसो २ बजेदेखि करिब एक घण्टासम्म संवाद भएको हो। महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो। सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष…