झापा । झापामा साउन महिनाभरका लागि लकडाउन थपिएको छ । शनिवार मध्यरातिदेखि साउन ३२ गतेसम्म लकडाउन थप गर्ने जिल्ला कोभिड व्यवस्थापन समितिको विहीवार सम्पन्न बैठकले निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले समितिको निर्णयानुसार आज निषेधाज्ञा जारी गरेका छन् । यसपालीको लकडाउनमा विहान ७ देखि १० बजेसम्म कृषि तथा खाद्यान्न पसल खोल्न दिइने…