कनकाई । कोरोना संक्रमणको दोस्रो लहरसँगै जटिल बन्दै गएको मानव स्वास्थ्यलाई कसरी सहज बनाउँन सकिन्छ भन्ने विषयमा कनकाई नगरमा अन्तरक्रियामूलक बहस सुरु भएको छ । नगरवासीको स्वास्थ्यका विषयमा गम्भीर बन्दै आएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरभित्रका टोल समितिहरुसँग अन्तरक्रियामूलक बहस सुरु गरेका हुन् । कोरोनाको अवस्थाका बारेमा वडास्तरीय टोल समितिहरुसँग जानकारी लिँदै नगर प्रमुख…