प्रणामी युवा परिषद झापाको अध्यक्षमा खतिवडा

बिर्तामोड । श्री कृष्ण प्रणामी युवा परिषद झापाको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा समर्पण खतिवडा सर्वसम्मत भएका छन् । शनिवार बैगुन्धुरामा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा खतिवडालाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, उमेश मिश्र, सचिवमा बासु पाण्डे, सह–सचिवमा युवराज शिवाकोटी (मिलन), कोषाध्यक्षमा सुसन खतिवडा र सह–कोषाध्यक्षमा डिल्ली पाण्डेलाई सर्वसम्मत गरेको हो ।…