आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

विराटनगर, ७ चैत ।  बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उनी ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुन्। उनी जम्मा २ कक्षामा पढ्दै थिए। बमबहादुर र गीताको बिहे कहिले भएको थियो यकिन भइसकेको छैन। प्रहरीका अनुसार अहिले यत्ति खुलेको छ- दुबैको दोस्रो बिहे थियो। बबिन उनीहरूका एक्ला छोरा हुन्। बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान्…