Banner news

विराटनगरसँग पोखरा र कर्णालीसँग लुम्बिनी भिड्दै

विराटनगरसँग पोखरा र कर्णालीसँग लुम्बिनी भिड्दै


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ । पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जित निकालेको छ भने चार वटामा हार बेहोरेको छ ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुन्छन् । यी दुई टिममा कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको ३ तेस्रो स्थानमा छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu