सम्पादकीय सहकारी संस्थाहरुमा धेरै जसो निम्न वर्गीय नागरिकहरुको आवद्धता छ । ठुलो कारोवार गर्ने, धेरै पैसावालहरु प्रायःबैंकहरुमा जोडिएका छन् । बैंकको पहुँचमा पुग्न नसक्नेहरु नै सहकारीहरुमा जोडिने गरेका छन् । तर, पछिल्लो समय सहकारीहरुमा पनि पैसावाल व्यापारीहरुको आवद्धता बढ्दो छ । साना–साना पुँजीको परिचालन सहकारीहरुले गर्ने गरेका छन् । बैंकले निम्न वर्गीय नागरिकहरुलाई कर्जा नदिने,…