सम्पादकीय कात्तिक र चैतमा रातभर गाउँघर डुल्दै फेरी लगाउने जोगीहरू नेपाली समाजको मौलिक सांस्कृतिक परम्पराका संवाहक हुन् । पुस्तौँदेखि चलिआएको जातीय सांस्कृतिक यो परम्परा खेतीपाती, भूमिपूजा, परिवारको सुखशान्ति र समृद्धिको कामनासँग जोडिएको छ । परम्परालाई निरन्तरता दिन हिँड्ने जोगी नै असुरक्षित हुन थालेपछि यसको संरक्षणमाथि प्रश्न उठ्नु स्वभाविक हो । पहिले जंगली हात्तीको डरले राति…