सम्पादकीयपाँच वर्षअघि २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएको छ । संविधानको व्यवस्था अनुरुप पाँच वर्षे कार्यकाल जेठ ५ बाट सकिएको हो । गणतन्त्र नेपालको पहिलो जनप्रतिनिधिको रुपमा काम गर्ने अवसर पाएका जनप्रतिनिधिले सिक्दासिक्दै, अनुभव लिंदालिंदै पाँच वर्ष विताए । गाउँगाउँमा सिंहदरवारको अवधारणामा बनेको संघीय संरचनाको भावना कति पुरा भयो भएन स्पष्ट छ । निर्वाचित भएको…