फिदिम । पाँचथरमा बाढी र पहिरोका कारण विस्तापित भएका परिवारलाई नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले खाद्यान्न राहत वितरण गरेको छ । ‘विपत्तिको घर युवा संघको भर’ भन्ने मूल नाराका साथ राष्ट्रिय युवा संघ नेपाल झापा शाखाको सहजीकरण र झापाकै स्थानीय पालिकाको सहयोगमा १ सय २४ बोरा चामल पीडित परिवारलाई वितरण गरेको हो…