दुई महिनाभित्र लाप्राक एकीकृत नमुना बस्ती हस्तान्तरण गर्ने घोषणा

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीको काम दुई महिनाभित्र सकेर हस्तान्तरणको तयारी भइरहेको बताउनु भएको छ । गृहजिल्ला गोरखा आउनुभएका पन्तले पत्रकारसँगै संक्षिप्त कुराकानी गर्दै बस्तीको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । ‘गैरआवासीय नेपालीको त्यत्रो पैसा परेको छ, त्यतिकै छाड्न मिल्दैन,’ पन्तले भन्नुभयो,…