बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज ३४ परिवारलाई घर हस्तान्तरण गरेको छ । बिर्तामोड–७ मा रहेको मुन्सीबस्ती र मुसहरबस्तीका विपन्न परिवारलाई नगरपालिकाले घर हस्तान्तरण गरेको हो । बिर्तामोड नगरपालिकाले घर निर्माणमा प्रति घर ७५, सहारा नेपाल २५ हजार र ह्याविटाट फर ह्यूमानिटीको ५० हजार लगानीमा सामुदायिक आवास गृह निर्माण गरिएको थियो । सामान्य झुप्रो घरमा जीवनयापन…