बिर्तामोड । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मेलनको उद्घाटन गर्दै नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्नुपर्नेमा जोड दिए । पार्टी संगठनलाई क्रियाशिल बनाउन जिल्लाका सबै वडातहमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य एवं महाधिवेशन प्रतिनिधिहरुलाई जिम्मेवारी दिएर पठाइएको बताउँदै विकास…