Uncategorized

एमालेको सचिवालय बैठक पार्टीको चौथो महाधिवेशन स्थल सर्रे अम्बास सिराहामा

एमालेको सचिवालय बैठक पार्टीको चौथो महाधिवेशन स्थल सर्रे अम्बास सिराहामा


काठमाडौं – पार्टीको चौथो महाधिवेशन स्थल सिराहाको विष्णुपुरकट्टी सर्रेअम्बसमा नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । १० औं महाधिवेशनपछि पार्टी हाइ कमाण्डको बैठक काठमाडौं उपत्यका बाहिर आयोजना गरिएको यो पहिलो पटक हो ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक विहान ११.३० बजे चौथो महाधिवेशन स्थलमा निर्माण गरिएको काठको घरमा बस्नेछ । पार्टीको चौथो महाधिवेशन भएको समय २०४६ साल भदौ ९ देखि १४ गतेको स्मृतिमा भदौ ९ गते आयोजना गरिएको बैठक अविरल वर्षाका कारण रोकिएको थियो । पार्टीको यही महाधिवेशनले मदन भण्डारीलाई पहिलो पटक नेकपा मालेको महासचिव निर्वाचित गरेको थियो ।

सिराहामै रहेका पोलिटव्यूरो सदस्य अच्यूत मैनालीका अनुसार सिराहाको मौसम आज घमाइलो छ । ‘घाम लागेको छ । वर्षा भएको छैन । मौसम राम्रो छ ’ मैनालीले यो बेलासँग भन्नुभयो ‘बैठक स्थ्ल पुग्नलाई ठाउँमा हुन सक्ने सडक अवरोधलाई मध्य नजर गरेर दुईवटा एक्जाभेटर तैनाथ राखेका छौं ।’

मैनालीका अनुसार बैठक स्थल पुग्नका लागि पूर्व पश्चिम राजमार्गको जिरो माइल चौकबाट १५ किलोमिटर उत्तर जानु पर्दछ । बैठक स्थल जाने क्रममा सर्रे खोला दुई पटक र राइरइनी खोला एक पटक तर्नु पर्दछ । खोलाले सडक कटान गर्ने सम्भावना रहेकोले त्यसको व्यवस्थापनका लागि एक्जाभेटरहरु तयारी अवस्थामा राखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares