मुख्य समाचार

१० वर्षको भयो इन्स्टाग्राम, थपिए नयाँ फिचर

१० वर्षको भयो इन्स्टाग्राम, थपिए नयाँ फिचर


twitter sharing button
messenger sharing button

लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्रामले आफ्नो १० औँ वर्ष पूरा गरेको छ । फेसबुक स्वामित्वको इन्स्टाग्रामले आफ्नो १० औँ वर्षगाँठको अवसरमा प्रयोगकर्ताहरुका लागि केही नयाँ फिचरहरु थप गरेको छ ।

इन्स्टाग्राममा थपिएका नयाँ फिचरमा Stories Map लगायतका फिचर छन् । त्यस्तै आपत्तिजनक कमेन्टहरु हाइड गर्ने तथा चेतावनी संकेतलाई विस्तार गर्ने पिचmर पनि इन्स्टाग्राममा थपिएको छ ।

इन्स्टाग्राममा थपिएको नयाँ स्टोरिज म्याप फिचर प्रयोगकर्ताले पछिल्लो ३ वर्षमा शेयर गरेका स्टोरिजको म्याप तथा क्यालेन्डर देखाउने प्राइभेट फिचर हो । प्रयोगकर्ताले ती स्टोरीलाई हाइलाइटको रुपमा शेयर गर्न, डाउनलोड गर्न तथा सेभ गर्न सक्दछन् ।

साथै इन्स्टाग्रामले गोपनीयता फिचरको रुपमा थप गरेको नयाँ फिचरले आपत्तिजनक कमेन्टहरु लुकाइदिन्छ बनाउँदछ । त्यसरी स्वचालित रुपमा हाइड भएका कमेन्टहरु हेर्नका लागि View Hidden Comments अप्सनमा ट्याप गर्नु पर्नेछ । जबकी सामाजिक नियम उल्लंघन गर्ने कमेन्टहरु भने पहिले जस्तै पूर्णरुपमा हटाइने इन्स्टाग्रामको भनार्य छ ।

इन्स्टाग्रामले थप गरेको Nudge Warnings फिचरले इन्स्टाग्राम प्रयोगकर्ताहरुलाई आपत्तिजनक कमेन्ट गरिरहँदा चेतावनी सन्देश पठाउँदछ । यसले गलत तथा आपत्तिजनक टिप्पणी गर्न चाहनेहरुलाई निरुत्साहित गर्ने र आपत्तिजनक शव्द सच्चाउनका लागि प्रयोगकर्ताहरुलाई उत्प्रेरित गर्ने बताइएको छ ।

यसबाहेक इन्स्टाग्राममा अरु १० वटा निकै उपयोगी फिचरहरु थप गरिँदैछ । त्यसमा सेल्फी स्टिकर, इमोजी, वाच टुगेदर तथा भ्यानिस मोड लगायतका रहेका छन् । भ्यानिस मोड यस्तो फिचर हो जहाँ कसैलाई पठाएको मेसेज प्रापकले हेरिसकेपछि आफै हराउनेछ ।

यसैबीच फेसबुकले इन्स्टाग्रामको डाइरेक्ट मेसेज सर्भिसलाई फेसबुकको मेसेन्जर प्लाटफर्मसँग मर्ज गर्ने घोषणा गरेको छ ।

यो नयाँ एकिकरणसँगै अब मेसेन्जर एप प्रयोगकर्ताहरु आफूले इन्स्टाग्राम प्रयोग नगरीकनै इन्स्टाग्राम प्रयोग गर्ने साथीलाई मेसेज पठाउन सक्नेछन् । साथै इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा सन्देश पठाउन सक्नेछन् 

शेयर गर्नुहोस :

0
Shares