सम्पादकीय

कृषिथोकमा किसानको नेतृत्व आवश्यक

कृषिथोकमा किसानको नेतृत्व आवश्यक


सम्पादकीय

झापाको बिर्तामोडमा रहेको कृषिथोक बजारमा ‘मियोँ बिनाको दाँई’ चलिरहेको छ । एक दशकदेखि नेतृत्व विहीन भएको कृषिथोक बजारमा अब आउने नयाँ नेतृत्वले मिँयोको काम गर्न सक्ने आम बुझाई छ । व्यापारीको एक छत्र राज चलिरहेको कृषिथोक बजार क्षेत्रमा सञ्चालक समिति बन्ने कुराले बजारको हीत चहानेहरु खुशी छन् । नेतृत्व बिहीन हुँदा मनमर्जी गर्ने निर्वाचनको विपक्षमा पनि उभिएका छन् । जसले खुल्ला रुपमा व्यक्त गर्दै हिड्न सकिरहेका छैनन् । कृषिथोक बजार विशेष गरि किसानको हो । तर, अहिले व्यवसायीको कब्जामा छ । किसान, उपभोक्ता र व्यापारीको साझा बजाए भए पनि किसानलाई कृषिथोकमा धेरै समस्या छ ।

आज किसान तर्फको नेतृत्व चयन हुदैछ । तीन जना किसान प्रतिनिधिका लागि झापाका ८ वटा पालिकाबाट किसानले मतदान गर्नेछन् । संभवतः सर्वसम्मत भएमा निर्वाचन जरुरी हुने छैन । कृषिथोक बजार लामो समय नेतृत्व विहीन हुँदा व्यापक वेथिती बढेको छ । व्यापारीको नियममा सबैले बाँधिनु परेको छ । किसानलाई स्वतन्त्र व्यापारको लागि वातावरण छैन । विचौलियाको चहलपहm बढ्दै गएको छ । किसानले उत्पादन गरेको फसल व्यापारीको मुल्यमा जवरजस्ती दिन बाध्य हुनुपरेको छ । यि सबै समस्या समाधानका लागि कृषिथोकले किसानलाई नै मुख्य जिम्मेवारी प्रदान गर्नुपर्छ ।

पूर्वकै ठुलो कृषिथोक बजार वेथितीले बद्नाम पनि छ । व्यापारीकै मर्जीले बजारभित्र अनेकौ विकृति शुरु भएका छन् । जसका कारण किसानले न्याय पाउन सकिरहेका छैनन् । उनीहरु व्यवसायकै इसारामा चल्नुपर्ने बाध्यता छ । यसैले अबको नेतृत्व किसानबाट हुनुपर्छ । किसानले नेतृत्व पाएमा मात्रै कृषिथोकको अब उन्नति हुन सक्छ । नत्र, कृषिथोक बाहिरका बजार मौलाउने छन् । कृषिथोक विस्तारै सुक्दै जानेछ । किसानलाई विशेष राहत हुने गरि कृषिथोकको व्यवस्थापन हुन जरुरी छ । एउटा उदेश्यले भाडामा दिएका संरचनाहरुमा अन्य सामग्री किनबेच भइरहेका छन् । सटर र अन्य संरचनाहरु लाखौंलाखमा विक्रि भइरहेको छ । यसैले तमाम् विकृति समाधान गर्न र कृषिथोक बजारलाई व्यवस्थान गर्न किसानको नेतृत्व अपरिहार्य छ ।

शेयर गर्नुहोस :

0
Shares