Banner news

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : सत्तारुढ दलहरु स्पष्ट नभई एमाले नबोल्ने

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ : सत्तारुढ दलहरु स्पष्ट नभई एमाले नबोल्ने

??????????????????

भक्तपुर -अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसहितको टोली र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको भेटवार्ता सकिएको छ। दुई पक्षबीच बिहीबार दिउँसो २ बजेदेखि करिब एक घण्टासम्म संवाद भएको हो। महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट सुमारसहितको टोली सिधै बालकोट पुगेर ओलीसँग वार्ता गरेको हो।

सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि बालकोट पुगेका थिए। सुमार नेपाल आएपछि सबैभन्दा पहिले संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गर्नुभएको हो ।

दुई पक्षबीच एमसीसीलाई संसदबाट पास गर्नेुपर्ने विषयमा कुरा भएको बताइएको छ। सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएको एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । ‘हामीले हतारिएर पोजिसन बनाउँदैनौं । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्टराईले भने, ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

बिहीबार बिहान काठमाडौं आएको यो टोलीले ओलीपछि अन्य राजनीतिक भेट गर्दै छ। ओलीसँग भेटेपछि फातिमा सुमारको टोली होटल याक एण्ड यतिस्थित एमसीए नेपालको कार्यालयमा आउने बताइएको छ।

शेयर गर्नुहोस :

0
Shares