मुख्य समाचार

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु


रूपन्देही । गुल्मीमा अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्युु भएको छ । रेसुङ्गा नगरपालिका ८ तम्घास थुम्कालाइन बस्ने तिलक परियारकी २१ वर्षीया छोरी भावना परियार, १४ वर्षीया छोरीहरु गंगा र जमुनाको मृत्यु भएको हो । गंगा र जमुना जुम्ल्याहा हुन् ।

सोही घरको अर्को कोठामा सुतेका तिलक,उनकी श्रीमती र एक छोरी सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घर माथिबाट ढुंङ्गा माटोसहितको पहिरो आई घरको बीच कोठामा सुतिरहेका उनीहरु पुरिएको स्थानीयको भनाइ छ । स्थानीय वासिन्दा,नेपाली सेना र नेपाल प्रहरी, सशस्त्रको संयुक्त सहयोगमा ३ जनाकै शव निकाली जिल्ला अस्पताल तम्घास गुल्मी पठाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares