मुख्य समाचार

ताप्लेजुङकी १९ वर्षीया युवतीको हत्या, प्रेमी समातिए

ताप्लेजुङकी १९ वर्षीया युवतीको हत्या, प्रेमी समातिए


ताप्लेजुङ- ताप्लेजुङको फुङलिङस्थित एक भीरमा मृत भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको हत्या भएको दाबी प्रहरीले गरेको छ।

सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्ने लिम्बुको शव गएको शुक्रबार फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फेला परेको थियो।

लिम्बुको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका राम कार्की छन्। ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्की ट्रयाक्टर चालक हुन्।

कार्कीले हत्या गरेको स्वीकार गरिसकेका प्रहरीले जनाएको छ। राणाका अनुसार कार्की र युवतीबीच प्रेम सम्बन्ध थियो। कार्कीले युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares