मुख्य समाचार

सभामुखको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा

सभामुखको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको हत्या अभियोगको मुद्दा संवैधानिक इजलासमा पहिलो नम्बरमै पेसीमा राखिएको छ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक-पटक पेसी चढ्दै आएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares