धर्म/संस्कृति

आज दसैंको पाँचौ दिन, स्कन्दमाताको पूजा आरधना गरिँदै

आज दसैंको पाँचौ दिन, स्कन्दमाताको पूजा आरधना गरिँदै


काठमाडौं- हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना गरेर मनाइँदै छ।

दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमातालाई पाँचौ रुपका रुपमा व्याख्या गरिएको छ ।

नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डादेवी र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने गरिन्छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा पनि विशेष पूजा गरिदैछ ।
त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीलगायतका दुर्गादेवीका शक्तिपीठहरुमा समेत आजको दिनमा विशेष पूजा गर्ने गरिन्छ । उपत्यका बाहिर ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर विभिन्न पुजाआरधना गर्ने चलन छ ।

दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

शेयर गर्नुहोस :

0
Shares