मुख्य समाचार

प्रभु बैङ्कको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

प्रभु बैङ्कको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण


काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले प्रभु बैङ्कको कारोबार रोक्का गरेको छ ।

बैङ्कले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैङ्कको धितोपत्र कारोबार रोक्का गरेको हो ।

बैङ्कले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थाअनुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।

बैङ्कको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu