Banner news

आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्छ : देउवा

आगामी चुनावमा कांग्रेस एक्लै चुनाव लड्छ : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

आइतबार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदै सभापति देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको बतबताएका हुन् ।

उनले भनेका छन्, ‘कसैसँग पनि गठबन्धन हुन्न । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’ त्यस्तै उनले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने बताए ।

शेयर गर्नुहोस :

0
Shares