Banner news

‘पैसाले हिंसा अन्त्य हुदैन, आचरण सुधार हुनैपर्छ’

‘पैसाले हिंसा अन्त्य हुदैन, आचरण सुधार हुनैपर्छ’


विर्तामोड । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले करोडौं रकम खर्चिए पनि आचारमा सुधार नआएसम्म हिंसा न्यूनीकरण नहुने बताएका छन् । उनले महिला हिंसा, दलित अधिकारमा ठुलै रकम खर्च भए पनि अपेक्षित उपलब्धि हासिल नभएको बताए ।
लैंगिक हिंसाका घटनामा कमि आए पनि शत प्रतिशत अन्त्य गर्न हरेक नागरिकको आचरणमा सुधार हुनैपर्ने मेयर शिवाकोटीको धारणा छ । उनले लैंगिक हिंसा अन्त्यका लागि सबैको भूमिका हुने बताए ।

अन्तरक्रियामा अधिवक्ता कबिता शर्माले शक्तिमा रहेकाले शक्ति बिहीनमाथि हिंसा गर्ने गरेको बताइन् । उनले शक्ति सन्तुलन र समान अधिकार प्राप्तिले मात्रै हिंसाको अन्त्य हुने धारणा राखिन् ।

बिर्तामोडमा मेचीमहाकाली संयुक्त आवाज झापाको आयोजनामा लैङ्गिक हिंसा न्यूनीकरण, सामाजिक कुरीति, कुप्रथा, बाल बिबाह बिषयक अन्तरक्रियामा अधिकांश वक्ताले लैगिक हिंसा न्यूनिकरण गर्न योजना निर्माण गरेर लाग्नुपर्ने बताएका थिए ।
पछिल्लो समय हिंसाको स्वरुप फेरिएको, घरभित्रै महिलाहरु असुरक्षित रहेको, अग्रणी भूमिकामा रहेकाहरुबाटै पनि हिंसा हुने गरेको धारणा राख्दै हिंसाको अन्त्यका लागि आफू, आफ्नै परिवार र समाजबाट अभियान प्रारम्भ गर्नुपर्ने धारणा वक्ताहरुको थियो । मेची महाकाली बुहारी संयुक्त आवाज झापाकी अध्यक्ष शिखा खड्का गणेशको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा भट्टराई र संचालन सचिव कविता थापाले गरेकी थिइन् ।

हिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको दोस्रो चरणमा कविता शर्माले लैङ्गिक हिंसा पीडितका लागि कानुनी ब्यवस्था र हरि बरालले लैङ्गिक हिंसा, घरेलु हिंसा र महिला हिंसाका बिषयमा जानकारी सहजीरकण गरेका थिए । बरालका अनुसार प्रहरीले हिंसालाई तीन तहमा राखेर अध्ययन अनुसन्धान गर्ने गरेको जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares