सम्पादकीय

अपांगता भएका व्यक्तिलाई अवसर देऊ

अपांगता भएका व्यक्तिलाई अवसर देऊ


सम्पादकीय
डिसेम्बर ३ लाई विश्वरभर अन्तराष्ट्रिय अपांगता दिवसको रुपमा मनाइन्छ । यो वर्ष पनि ३० औं अन्राष्ट्रिय अपांगता दिसव विविध कार्यक्रम गरि मनाइएको छ । वास्तवमा अपांगता भएका व्यक्तिहरुले उठाइएका सवाललाइ राज्य पक्षले सुन्न सकिरहेको छैन । अहिले पनि दिवसका दिन अपांगता भएका व्यक्तिहरुले उठाउने मुद्धा उस्तै छन् । र, उनीहरुले उठाएका मुद्धा जायज पनि छन् । उनीहरुले राज्यसँग समान सहभागिता र अवसरको अपेक्षा गरेका छन् । हरेव वर्ष उनीहरुको माग र आन्दोलनको मुद्धा एउटै छ ।

अन्य नागरिक सरह अवसर दिन माग गरिरहेका अधिकांश अपांगता भएका व्यक्तिहरुलाई स–साना समस्याहरुले जीवन चलाउन समस्या भइरहेको छ । एकातिर राज्यले समान सहभागिता गराउन सकिरहेको छैन भने अर्का तिर रोजगारदाता समेत उनीहरुलाई अवसर दिनबाट टाढा बनिरहेका छन् । मुख्यतः राज्यले बौद्धिक वर्गलाई सोही अनुसारको व्यवस्थापन गनुपर्छ र अदक्षहरुलाई जीवन चलाउन सक्ने गरिको वातावरण निर्माण गर्नुपर्छ । राज्य कै दायित्व आफ्ना नागरिकको सुरक्षा नै हो । जस्तौसुकै समस्यालाई पनि समाधान गर्ने कर्तव्य राज्यसँग हुन्छ ।

अहिले उमेर पाका भइसकेकाहरुले जेनतेन जीवन विताउन लागे । तर, नयाँ पिडी अवसरको खोजीमा छ । शिक्षामा प्राथमिकता दिएर एउटा सक्षम श्रमशक्तिको रुपमा विकास गरिनुपर्छ । प्राविधिक शिक्षा दिएर उनीहरुलाई योग्य बनाउन सकिन्छ । अहिले झापामा डिग्री सकेर बसेका दृष्टिविहीनहरु छन् । उनीहरुले रोजगारी पाउन सकेका छैनन् । केहि अध्ययनको क्रममा छन्, उनीहरुलाई भविष्यप्रति ठुलो चिन्ता छ । यसैले पालिका, प्रदेश र केन्द्र सरकारले अपांगता भएका बालबालिकाहरुलाई भविष्य निर्माणका लागि बेलैमा विवके पुराउनुपर्छ । अर्को, सडक छेउछाउमा हिडडुल गर्न असाध्यै गाह्रो छ । निर्माण सामग्री राख्दा समस्या भइरहेको छ । यस तर्फ पनि सैको ध्यानाकर्षण होस् ।

शेयर गर्नुहोस :

0
Shares