Banner news

झापाका राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित

झापाका राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्षमा निर्वाचित


बिर्तामोड । झापाका राजेन्द्र लिङ्देन राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । मत गणना सकिए पनि निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन । आज बिहान सम्पन्न मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। लिङ्दनेले १८१७ मत प्राप्त गरेका छन् भने १६१७ मत कमल थापाले प्राप्त गरेका थिए । २ मत अन्तरले लिङ्देन निर्वाचित भएका हुन् । ४ सय ३० मत बदर भएको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu