Banner news

२ मत अन्तरले कांग्रेस प्रदेश नं १ को सभापतिमा थापा निर्वाचित

२ मत अन्तरले कांग्रेस प्रदेश नं १ को सभापतिमा थापा निर्वाचित


विराटनगर‒ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित हुनुभएको छ । संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले पराजित गरेका छन् ।

सोमबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याउनुभयो ।

सभापति सहित नौ जना प्रदेश पदाधिकारीमा दुई जना संस्थापन इतर समूहका छन्। महामन्त्री उमेश थापा र सहमहामन्त्री रोहितकुमार साहबाहेक संस्थापन‒सिटौला समूहकै नेताहरू निर्वाचित भएका छन्।

शेयर गर्नुहोस :

0
Shares