Banner news

विश्वप्रकाशको विद्रोह : देउवा छोडेर प्रकाशमानको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी

विश्वप्रकाशको विद्रोह : देउवा छोडेर प्रकाशमानको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी


काठमाडौं : सभापति शेरबहादुर देउवासँग व्रिदोह गरेर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेता प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्यानलबाट सुजाता कोइरालाले उपसभापति उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । प्रवक्ता शर्मा लामो समय सभापति देउवाको समूहमा रहेका थिए । केही महिनाअघि नै महामन्त्रीमाा उम्मेदवारी घोषणा गरेका शर्माले अन्तिम समयमा देउवा समूहमा अटाउन सकेनन् ।

कृष्णप्रसाद सिटौला निकट प्रदीप पौडेललाई देउवाले महामन्त्रीमा उम्मेदवार बनाउने निर्णय गरेपछि शर्माले सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।

शेयर गर्नुहोस :

0
Shares