Banner news

देउवाको पुगेन बहुमत, दोस्रो चरणको मतदान पक्का

देउवाको पुगेन बहुमत, दोस्रो चरणको मतदान पक्का


काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । ४५६३ मत गणना हुँदा कसैले पनि बहुमत ल्याउन नसक्ने भएपछि दोस्रो चरणको मतदान हुने भएको हो । 

अब गन्न ११६ मत मात्रै बाँकी छ । सभापति शेरबहादुर देउवालाई बहुमतका लागि ११८ मत आवश्यक परेपछि पहिलो चरणमा नेतृत्व छान्न असफल भएको हो । पछिल्लो परिणाम अनुसार ४५६३ मतगणना भएकामा देउवाले २१४२, कोइरालाले १७०८, सिंहले ३५५, निधिले २४५ र गुरुङले २० मत प्राप्त गरेका छन् ।

अब दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेकामा  ४ हजार ६७९ मत खसेको थियो । जितका लागि २३ सय ४० मत ल्याउनुपर्ने छ । 

शेयर गर्नुहोस :

0
Shares