Banner news

महामन्त्रीमा गगनसँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित

महामन्त्रीमा गगनसँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित


काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापासँगै विश्वप्रकाश शर्मा पनि निर्वाचित हुने निश्चित भएको छ ।

महामन्त्री पदमा गगन थापा पछि दोस्रो धेरै मत ल्याएर उनी महामन्त्रीमा निर्वाचित हुने निश्चित भएको हो । उनले तेस्रो स्थानमा रहेका डा। प्रकाशशरण महतले भन्दा ३६९ सय मत बढी ल्याएका छन् ।

४३९० मत गणना हुँदा गगन थापाले २८२३ र विश्वप्रकाश शर्माले १८२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेका डा। महतले १४५५, प्रदीप पौडेलले १३०३, डा। मिनेन्द्र रिजालले ७५३ र राजाराम कार्कीले १०० मत पाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares