मुख्य समाचार

दमकमा भएको हत्यामा संलग्न पक्राउ, सार्वजनिक गर्ने तयारी

दमकमा भएको हत्यामा संलग्न पक्राउ, सार्वजनिक गर्ने तयारी


बिर्तामोड । गत बुधबार बेलुकी साँझ ७ बजे घिमिरे मार्केटमा भएको हत्याको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले बिहीवार प्रहरीसँग हत्या गरेको स्वीकार गरेका छन् ।

दमक – २ का प्रकाश पराजुली नामले चिनिने तेजप्रकाश पराजुलीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गर्ने तयारी गरेको छ जिल्ला प्रहरी कार्यालय झापाले कार्यालयमा पत्रकार सम्मेलन मार्फत पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने भएको हो । व्यक्तिगत रिसइवीका कारण २५ वर्षीय पराजुलीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

शेयर गर्नुहोस :

0
Shares