बिर्तामोड । जवरजस्ती करणी मुद्धामा सजाय तोकिएका व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन् । झापा प्रहरीले फरार प्रतिवादी बाह्रदशी–४ का ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो ।
पुनरावेदन अदालत इलामले ०६६ सालमा जबरजस्ती करणी मुद्धा शिर्षकमा सजाय तोकेको थियो । ५ वर्ष कैद सजाय सुनाएको पुनरावेदनको फैसलापछि श्रेष्ठ फरार भएका थिए ।
सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरी शुक्रवार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको छ । अदालतको आदेशले निज प्रतिबादीको पीसीआर परीक्षण गराई रिपोर्ट नेगेटिभ आए पश्चात कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने आदेश भएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।







प्रतिक्रिया