बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. बिर्तामोड–४ ले सरकारी विद्यालयमा अध्ययनरत विपन्न समुदायका बालबालिकालाई स्वीटर वितरण गरेको छ । शिक्षासँग बालबालिका कार्यक्रमअन्तर्गत सहकारी संस्थाले बिर्तामोडको पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गरेको हो ।
पञ्चरत्न माध्यमिक विद्यालयका ८६ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । अध्यक्ष न्यौपानेसहित संस्थाका उपाध्यक्ष हेमराज मिश्र, सञ्चालक सदस्य चीजा राई, उषा राई, नवराज कडरिया र चैतुवारी सेवा केन्द्र प्रमुख कल्पना कोइराला स्वीटर वितरणका लागि विद्यालयमा पुगेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष न्यौपानेले बालबालिकाका लागि सहयोग गर्न सधैँ तयार रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत केशर खवासले बिपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरेर शिक्षा सहकारी संस्थाले प्रशंसनीय काम गरेको बताएका छन् । उक्त अवसरमा सहारा नेपालसहित दाता दीपा प्रसाई र उनको समूहले उपलब्ध गराएको स्वीटर थप २२७ जना विद्यार्थीलाई वितरण गरिएको व्यवस्थापन समितिका अध्यक्ष संग्रौलाले जानकारी दिए ।
यसअघि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले झापाको अर्जुनधारामा रहेको अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आश्रित बालबालिकालाई बाल दिवसको अवसर पारेर खाद्यान्न तथा दैनिक उपभोग्य र स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।







प्रतिक्रिया