Banner news

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुस २७ गते


झापा । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन आगामी पुस २७ गते हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu